काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्ने भएको छ । बैंकले आज बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त रकम तरलता संकलन गर्न लागेको हो
।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो १२ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । यसको साँवा र ब्याज भुक्तानी पुस २० गते गर्न सकिने छ ।
यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
FACEBOOK COMMENTS