काठमाडौं । नेपाल टेलिकमले सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव अर्थ मन्त्रालयबार स्वीकृति भएपछि साधारण सभामा पेश हुनेछ । सभाले अनुमोदन गरेपछि सेयरधनीलाई वितरण हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा पनि ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS