काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ
बिहिबार धरान उपमहानगरपालिका वडा नं। १२ सुनसरीमा उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले विभिन्न एजेन्डा सहित संस्थाको आर्थिक वर्ष २०७९र८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
साथै, सभाले संस्थाको सेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड ९ लाख १६ हजार रुपैयाँ नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
उक्त सभामा सञ्चालन गरिएको निर्वाचन कार्यक्रमबाट संस्थापक एनआईसी एशिया बैंकको तर्फबाट मनोनित भई प्रतिनिधित्व गरेका दिपक ढकाल निर्विरोध उक्त सञ्चालक पदमा निर्वाचित भएका छन् । नवनियुक्त सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी आफ्नो पद बहाल गरेका छन् ।
FACEBOOK COMMENTS