काठमाडौं,फागुन ४- गायिका इन्दिरा जोशी ब्राण्ड एम्बेसडरको रुपमा सूर्यालाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । काठमाडौंको होटल ¥याडिशनमा उनले कम्पनीसँगको सम्झौतापत्रमा हस्ताक्षर गरेसँगै यसमा आवद्ध भएकी हुन् ।
उनलाई सूर्या लाइफइन्स्योरेन्सको तर्फबाट एमडीआरटीका विजेता अभिकर्ताहरू सहित कम्पनीका सीईओ र अध्यक्ष तथा कम्पनीबोर्डका निर्देशकहरुले स्वागत गरेका थिए । कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले नयाँ ब्राण्ड एम्बेसडर पाएकोमा खुशीव्यक्त गर्दै यसले कम्पनीलाई नयाँदिशामा अघि बढाउने बताए । उनले भने,“जोशी र हामी सबै मिलेर नयाँअवसरको खोजी र चुनौतीको सामनागर्दै सबै उमेर, समूह र क्षेत्रकामानिसको बीमा गराउन सक्छौं भन्नेमलाई लाग्छ ।”
कम्पनीका सीईओ शिवनाथ पाण्डेले ब्राण्ड एम्बेसडरको सहयोगमा कसरी ग्राहकसँग जोडिन र उनीहरुलाई प्रभावकारी सेवादिन सकिन्छ भन्ने विषयमाचर्चा गरेका थिए । ’उहाँको प्रभावग्राहकलाई बीमाको लागि प्रेरित गर्न र जीवनबीमाको विषयमा धेरै सचेतनाआवश्यक रहेका मानिसलाई पनि जीवन बीमाको विषयमा जानकारी दिननिकै महत्वपूर्ण छ ।’ उनले भने ।
यसैबीच सूर्या लाइफको ब्राण्ड एम्बेसडर बनेसँगै जोशीले भनिन, ’म यस कम्पनीको ब्राण्ड एम्बेसडर बन्नपाउँदानिकै उत्साहित र गौरवको महशुस गरिरहेको छु ।’ ब्राण्ड एम्बेसडर बनेसँगै जीवनबीमाको विषयमा सचेतना र शिक्षा फैलाउनमामेरो महत्वपूर्ण भूमिका हुनेछ ।
FACEBOOK COMMENTS