काठमाडौं । नेपाल औषधि उत्पादक संघले आगामी फागुनमा २५ देखि २७ सम्म नेपाल फर्मा एक्स्पो २०२४ गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले भरतपुरमा फर्मा एक्स्पो आयोजना गर्ने बताएको छ।
जसमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई एक्स्पोमा देखाइने छ। यस एक्स्पोमा नेपालमा औधि उद्योगको दिगोपन र बुद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको छ। एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहने छन् ।
प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पो नेपाल औषधि उत्पादक संघको महत्वपूर्ण इमेन्टको रुपमा रहेको छ । एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपस्थिति रहने अपेक्षा गरिएको छ ।