काठमाडौं । नेपाल भ्रमणमा रहेका श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उभियास मोहम्मद अली साब्री आज काठमाडौँको चन्द्रागिरी पुगेका छन्।
आज अपरान्ह चन्द्रागिरी पुगेका परराष्ट्रमन्त्री साब्रीलाई चद्रागिरी हिल्सका अध्यक्ष हेमराज ढकालले स्वागत गरेका थिए।
साथै अध्यक्ष ढकालले मन्त्री साब्रीलाई त्यहाँको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका बारेमा जानकारी गराएका थिए ।
सो हिल्समा यसअघि यसअघि यहाँ चिनियाँ विदेश मन्त्री वाङ यी लगायतका विभिन्न देशका सरकारप्रमुख तथा राष्ट्राध्यक्षका साथै अन्तर्राष्ट्रिय व्यक्तित्वहरु पुगीसकेका छन् ।
FACEBOOK COMMENTS