काठमाडौं,फागुन ५- निवर्तमान उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई कानुनमन्त्री बनाइने भएको छ । तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओलीले रिक्त रहेको कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिन लागेका हुन् ।
सोमबार दिउँसो ३ बजे राष्ट्रपतिबाट शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी अहिले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए ।
उपसभामुख पदबाट राजीनामा दिने विषयमा विवाद चलिरहँदा तुम्बाहाङ्फले उपसभामुख पद मन्त्री पदका लागि नसाट्ने बताउँदै आएकी थिइन् ।
FACEBOOK COMMENTS