काठमाडौं । नेपाल बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।
लिमिटेडले पुस २९ गते बैंकको प्रधान कार्यालय, धर्मपथ, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैंकले यो वर्ष लाभांश प्रस्ताव नगरी साधारणसभा बोलाएको हो ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । सभा प्रयोजनार्थ बैंकले पुस २० गते बुक क्लोज गर्ने भएको छ ।
FACEBOOK COMMENTS