काठमाडौं । दिल्ली प्रहरीलाई मङ्गलबार साँझ चाणक्यपुरी क्षेत्रमा इजराइली दूतावास नजिकै विस्फोट गराइएको फोन प्राप्त भएको तर घटनास्थलमा त्यस्तो केही नभेटिएको अधिकारीहरूले बताएका छन् ।
दिल्ली अग्निशमन सेवाले साँझ करिब छ बजे फोन प्राप्त गरेको थियो । सेवाका निर्देशक अतुल गर्गले भने, “अहिलेसम्म घटनास्थलमा केही पनि भेटिएको छैन ।” घटनास्थलमा दिल्ली क्राइम युनिटको टोली र फरेन्सिक टोली उपस्थित छन् ।
साथै फरेन्सिक विज्ञान प्रयोगशाला (एफएसएल) स्रोतका अनुसार घटनास्थलमा अहिलेसम्म केही पनि फेला परेको छैन । एफएसएल स्रोतले भनेको छ, “खोजी जारी छ, विस्फोटको आवाज त्यहाँ उभिएका एक सुरक्षा अधिकारीले सुनेका छन् ।”
“मैले साँझ करिब ५ बजेतिर एउटा ठूलो आवाज सुनेँ, उक्त आवाज टायर पड्किएको जस्तो थियो, मैले एउटा रुखको छेउमा धुवाँ निस्केको पनि देखेँ”, दूतावास नजिकै उभिएका सुरक्षा गार्डले भने ।
उक्त सम्बन्धमा स्पेसल सेलको स्रोतले त्यहाँ त्यस्तो कुनै विस्फोट नभएको बताएको छ ।
FACEBOOK COMMENTS