काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको निक्षेप तान्ने भएको छ । त्यसका लागि आज बोलकबोलन हुने छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि तरलता खिच्न निक्षेप संकलनमार्फत् ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो २ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
यसको अवधि १४ दिनको रहेको छ । साँवा र ब्याज भुक्तानी पुस २५ गते रहेको छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट हुनेछ ।
FACEBOOK COMMENTS