काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, हाथवे इन्भेष्टमेन्ट र तारागाउँ रिजेन्सी होटल्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेका लाभांश पाउनेछन् । तीन वटै कम्पनीले आगामी साधारणसभका लागि पुस १२ गते बुक क्लोज गर्ने भएका छन् ।
फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ७.५ प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
हाथवे इन्भेष्टमेन्ट गत आर्थिक वर्षको नाफाबाट १०.५२ प्रतिशत लाभांश वितरण दिने प्रस्ताव गरेको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिंने प्रस्ताव गरेको छ । कम्पनीले पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ ।
तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र करसहित ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस २४ गते साधारणसभा बोलाएको छ ।
FACEBOOK COMMENTS