काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सह कोषाध्यक्ष दिपक बोहोराले पत्रकारितामा सीमित रहेको तथा कारोबारमा भूमिकामा नभएको सभापति रवि लामिछानेलाई बिना प्रमाण मुछ्न खोज्नु नियोजित रहेको बताएका छन् ।
बुधबार सामाजिक सञ्जाल फेसबुका स्टाटस लेख्दै उनले पत्रकारितामा सीमित रहेको तथा कारोबार र लगानीमा भूमिकामा नभएको सभापति रवि लामिछानेलाई बिना प्रमाण मुछ्न खोज्नु नियोजित रहेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘हिजो कान्तिपुरले सभापतिले अझै पनि ग्यालेक्सीको सेयर छोड्या छैनन् भन्ने भान पर्न पुरानो शेयरधनी दर्ता राखेर समाचार बनाएछ। तर, त्यस्तो होइन । यही पोस्टमा पछिल्लो सेयर दर्ता अभिलेख राखेको छु। ’
बोहोराले सभापति रवि लामिछानेले टेलिभिजन छाड्ने बेलामै सेयर हस्तान्तरण गरेर निस्किनु भएको भन्ने कुरा मिडियाका साथीहरुलाई हेक्का राख्नसमेत अनुरोध गरेका छन् ।
उनले थप लेखेका छन्, ‘, कुनै बेला एक संस्थामा कुनै एक तह त्यो पनि दोस्रो तहमा (कार्यकारी अध्यक्ष समेत भएकोले) नेतृत्व गरेको व्यावसायिक व्यक्तिले त्यो संस्था पूर्णरुपले छाेडेपछि पनि जिम्मेवारी लिनु पर्छ भन्नु न व्यवहारिक हो न कानुन अनुरूप नै। बैंकको loan लिएर खराब कर्जा भएका कम्पनी र व्यवसायका रिटायर्ड (Retired) या जागिर छाडिसकेका कर्मचारी/ CEO/ MD र loan दिने बैंकका CEO/MD लाई जिम्मेवार बनाउने हो भने के हुन्छ? संस्थामा अहिले हुँदै नभएको, त्यो संस्थामा हुँदा समेत पत्रकारितामा सीमित रहेको तथा कारोबार र लगानीमा भूमिकामा नभएको व्यक्तिलाई बिना प्रमाण मुछ्न खोज्नु नियोजित हो भन्ने स्पष्ट नै छ। यो नियतबस कसैको चरित्र हत्या गर्ने काम हो । यसलाई बन्द गरौं। ’
FACEBOOK COMMENTS