काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बजारमा सिमेन्टको भाउ बढाइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
महासंघले स्वतस्र्फूत रुपमा हुनुपर्ने मूल्यवृद्धिलाई बेवास्ता गरी खुल्ला बजार अर्थतन्त्रको सिद्धान्त विपरित कार्टेलिङ गरी बजारमा सिमेन्टको भाउ बढाइएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
अव्यवहारिक एवं अवैज्ञानिक ढंगले सिमेन्ट उद्योगीहरूले कार्टेलिङ गरी हालै प्रति बोरा १ सय मूल्यवृद्धि गरिनु कानून विपरितको दण्डनीय अपराध भएको महासंघका महासचिव रोशन दाहालद्धारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । ‘विगतमा पनि कार्टेलिङ गरी पटक पटक भएका यस किसिमका मूल्यवृद्धिका कारण अन्तत: पूर्वाधार खर्च बढ्न गई नेपाल सरकारका सार्वजनिक निकायहरूलाई नै ठूलो आर्थिक बोझ थपिएको विदितै छ’, महासंघको विज्ञप्तिमा लेखिएको छ ।
म्याद थपमा देखिएको जटिलतासँगै हाल निर्माण व्यवसायीहरूको अरबौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्टमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन महासंघले पुन: नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष जोडदार माग गरेको छ ।
FACEBOOK COMMENTS