काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् ।
आज सातौं बागलुङ महोत्सवमा शेरचन राष्ट्रपति पौडेलबाट सम्मानित भएका हुन् ।
प्रभु बैंकको सीईओको रुपमा सफल नेतृत्व गरेको र बैकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सिइओ शेरचनलाई सम्मान गरिएको हो ।
बागलुङमा जन्मेका शेरचन बैंकिंग क्षेत्रमा २८ बर्षदेखि आबद्ध छन् । शेरचनको नेतृत्वमा रहेको प्रभु बैंकले केहीसमय अघि मात्रै ‘बैंक अफ दि इयर २०२३’ को उपाधि पाएको थियो ।
FACEBOOK COMMENTS