काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले मुलुकको विद्यमान आर्थिक अवस्थाको सुधारका लागि विभिन्न सातवटा सुझाव पेश गरेको छ ।
सिबिफिनको आज शुक्रबार काठमाडौंमा आयोजित चौथो वार्षिक साधारण सभाका अवसरमा सिबिफिनका अध्यक्ष पवन गोल्यानले आफ्नो मन्तव्यका क्रममा संस्थाको तर्फबाट समग्र अर्थतन्त्र सुधारका लागि ती सुझावहरू पेश गरेका हुन् ।
यस्ता छन् सुझावहरू–
१. पुँजीगत खर्च बढाउने: हाल सम्म पुँजीगत खर्च जम्मा १३.१८ प्रतिशत रहेको छ । पुँजीगत खर्च लक्ष भन्दा कम गरिने र त्यो पनि आर्थिक वर्षको अन्त्यतिर मात्र खर्च गरिने परिपाटीलाई अन्त्य गरी समयमै खर्च गर्ने प्रणालीको विकास गर्ने ।
२. स्वदेशी वस्तु प्रयोग गर्नका लागि भएको नीतिगत व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्दै निर्यातमा प्रवर्द्धन गर्ने नीति अबलम्बन भएमा आयातमा कमी हुँदै जाने र स्वदेशी उद्योग पनि फस्टाउँदै जानेछन् । फलस्वरुप हामी आत्मनिर्भरतर्फ उन्मूख समेत हुनेछौं ।
३. उत्पादनमूलक, निर्यातमूलक एवम् रोजगारीमूलक क्षेत्रलाई सहुलियतपूर्ण व्याजदर कायम गरी लगानी विस्तार गर्ने नीति अवलम्बन गर्ने ।
४. नवीन प्रवर्तन, स्वउद्यमशीलताको विकास तथा घरेलु, साना तथा मझौला उद्यमी तथा उद्योगको सुधार तथा स्तरोन्नतिलाई प्राथमिकता दिने ।
५. विलाशिताका वस्तुहरूको आयातमा कडाइ तथा भन्सारमा वृद्वि गर्नुका साथै आत्मानिर्भर हुँदै गरेको नेपाली उत्पादनलाई प्रोत्साहन गर्न समानान्तर आयातका वस्तुहरुमा निरुत्साहित गर्ने नीति लिने ।
६. विदेशमा शीप आर्जन गरी फर्केका युवा तथा महिलाहरुको लागि उद्यमशीलता सहयोग: उत्पादनमा, बजार व्यबस्थापन, सिप बृद्दि र वित्त व्यवस्थापनमा सहयोग गर्नको लागि सरकारी र नीजि क्षेत्र सम्मिलित आयोग बनाएर नीति नियम बनाइ उद्यमशीलता बढाउने ।
७. वैदेशिक प्रत्यक्ष लगानी: वैदेशिक प्रत्यक्ष लगानी भित्र्याउनका लागि विशेष नीति बनाउने र विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम कार्यान्वयनमा ल्याउने ।
हामीहरू एकजुट बनौँ
उनले आफ्नो मन्तव्यका क्रममा मुलुकको वर्तमान आर्थिक एवम् बैंकिङ स्थितिलाई मध्यनजर गर्दै नेपालका मौलिक विशेषता बोकेका र नेपाली आ कच्चा पदार्थमा आधारित उत्पादनहरुको अभिवृद्धि गर्न, उत्पादनमूलक, निर्यातमूलक एवम् रोजगारीमूलक क्षेत्रमा लगानी विस्तार गर्न, लघु, घरेलु साना तथा मझौला उद्यमी तथा उद्योगहरुको विकास एवम् विस्तार गर्न, कृषि, वनपैदावर, पर्यटन, ऊर्जा जस्ता सम्भावनायुक्त क्षेत्रहरुको विकास एवम् विस्तारका लागि लगानी गर्ने मैत्रीपूर्ण नीति तथा वातावरण निर्माण गर्न बैंकिङ क्षेत्र, एफएनसीसीआई, सीएनआई र एनसीसीआई एकजुट भएर लाग्न जरुरी रहेको पनि उल्लेख गरेका छन् ।
उनले उत्पादनमूलक, निर्यातमूलक एवम् रोजगारीमूलक क्षेत्रलाई विशेष प्राथमिकता दिँदै सहुलियतपूर्ण कर्जाका लागि दोहोरो व्याजदर लागू गर्ने व्यवस्थाका लागि समेत मतैक्य भएर अगाडि बढ्न आह्वान समेत गरेका छन् ।
डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेको प्रमाण प्राधिकरणले पेश गरे महसुल तिर्छौँ : उपाध्यक्ष कुँवर
FACEBOOK COMMENTS