काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा छानबिनका क्रममा देखिने सबैलाई कारबाही हुने बताएका छन्।
सोमबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेको र त्यसले छानबिनका क्रममा जो जो दोषी देखिन्छन् उनीहरू सबैलाई कारबाही हुने बताएका हुन् ।
‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानुनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु’, उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठको प्रतिबद्धता छ ।
FACEBOOK COMMENTS