काठमाडौं । युट्युबमा सर्वाधिक धेरै सब्स्क्राइबर भएका युट्युबर मिस्टर बिस्टको टिम नेपाल आइपुगेको छ । शनिवार एक भिडिओ सार्वजनिक गर्दै मिस्टर बिस्टले आफ्नो टिम ‘सिक्रेट मिसन’का लागि नेपाल आएको जानकारी दिएका हुन् ।
उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख ९२२४ मिलियन० छ । उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन् । शनिवार सो च्यानलमा ’३० ल्याम्बोर्गेनी भर्सेस १० हजार जना’ भन्ने शीर्षकको भिडिओमा मिस्टर बिस्टले आफ्नो टिम नेपाल पुगेको जानकारी दिएका हुन् ।
‘यदि मैले तपाईंलाई ३० ल्याम्बोर्गेनी खरिद गर्नुस् वा एक वर्षमा १० हजार जनालाई बचाउनुस् भने भनें तपाईं के गर्नुहुन्छ,’ उनले भिडिओको सुरुवातमा भनेका छन् । त्यसमध्ये आफूले १० हजार जनाको ज्यान बचाउने काम गरेको भन्दै सबै कामको हाइलाइट भिडिओमा प्रस्तुत गरेका छन् ।
२०२३ को सोही परियोजना नेपालबाट टु्ङ्ग्याउने भन्दै सिक्रेट मिसनका लागि आफ्नो टिम संसारको सबैभन्दा उच्च हिमाल माउन्ट एभरेस्टमा पुगेको बताएका छन् । यो परियोजना अन्तर्गत आफ्नो टिमले के काम गर्न लागेको हो भन्ने विषय २०२४ मा सार्वजनिक गर्ने उनको भनाई छ ।
FACEBOOK COMMENTS