काठमाडौं । एमजीको विद्युतीय गाडीमा आगो लागेपछि अहिले विद्युतीय गाडी चलाउनेहरुमा एक किसिमको त्रास उत्पन्न भएको छ । विद्युतीय गाडीहरु कत्तिको सुरक्षित छन् त भन्ने प्रश्न उठेको छ । तर विद्युतीय कारका एक अधिकारीले एमजीको कारमा कनेक्सन लुज हुँदा आगलागी भएको हुन सक्ने बताएका छन् ।
ती अधिकारीले नाम नखुलाउने सर्तमा कर्पोरेटखबरलाई एमजीको कारमा कनेक्सन लुज हुँदा आगलागी भएको हुन सक्ने बताएका हुन् ।
उनले भने, ‘ हामीले गाडी चार्ज गर्दा जहिले पनि मेन प्वाइन्टको प्रयोग गर्नुपर्छ । मन्टीपल्कको प्रयोग गर्ने हुदैँन् । यो प्रयोग गर्दा सर सर्किट हुन सक्ने सम्भावना हुन्छ । एमजिको कारको घटना पनि त्यस्तै भएको हुन सक्छ । ’
गाडी चार्ज गर्दा जहिले पनि २० एमपिएरको विद्युत् धान्ने तारको प्रयोग गर्नु पर्ने उनले बताए । हामीले गाडी सुरक्षित राख्न गाडीको चार्जरलाई घरको मेन प्वाइन्टमा नै जोड्नु पर्ने बताए ।
एमजिको गाडीको घटना चार्ज गर्दा ध्यान नदिएकै कारण भएको हुन सक्ने ती अधिकारीले बताए ।
एमजीको गाडीमा पुस ९ गते आगलागी भएको थियो । काठमाडौंको बुढानीलकण्ठमा चार्जिङमा राखिरहेको बागमती प्रदेश ०१–०२७ च १५८१ नम्बरको विद्युतीय गाडीमा पुस ९ गते राति आगलागी भएको थियो । चार्जमा हालेको अवस्थामा आगलागी भएको भन्दै गाडी धनीले फोन गरेर बोलाएपछि प्रहरी घटनास्थल पुगेका थिए ।
कम्पनीका प्रतिनिधि र सवारी धनीकै अगाडि आफूहरुले मुचुल्का उठाएको प्रहरीले बताएको छ । सवारी धनी सुदीप लामिछानेले साँझ ६ बजे चार्जमा हालेर छोडेको गाडीमा राती १ बजे आगलागी भएको बताए ।
यही विषयमा एमजीका एक कर्मचारीले कार जलेको बारे केही थप अपडेट नरहेको कर्पोरेट खबरलाई बताए ।
उनले भने, ‘कार जलेको बारे केही थाहा भएन । यस बारे केही त्यस्तो अपडेट आएको छैन् । म छुटिमा छु । ’
५ महिनामा ३ हजार ६७५ चारपांग्रे विद्युतीय गाडी आयात , ९ अर्ब बढीकाे लागत
चार्ज गर्दा ध्यान पुर्याउन सकिएन भने आगलागीदेखि अन्य जोखिम निम्तिन सक्छ । यस्तो जोखिमबाट बच्न निम्न सावधानी अपनाउन सकिन्छ :
डेडिकेटेड चार्जिङ स्टेसनको प्रयोग
विद्युतीय कार चार्ज गर्न डेडिकेटेड चार्जिङ स्टेसन चार्जकै लागि भनेर डिजाइन गरिएको हुन्छ । घरमा चार्ज गर्दा आभेर लोड हुने सम्भावना हुन्छ । तर चार्जिङ स्टेसनमा त्यस्तो जोखिम हुँदैन। डेडिकेटेड चार्जिङ स्टेसन नभएको अवस्थामा स्ट्यान्डर्ड एसी चार्ज प्रयोग गर्नुपर्छ ।
चार्जिङ स्टेसन सफा र भेन्टिलेटेड ठाउँमा राख्ने
चार्जिङ स्टेसन भएको स्थान सफा तथा भेन्टिलेटेड स्थानमा राखियो भने चापक्रम बढ्ने सम्भावना कम हुन्छ। चार्जिङ स्टेसनमा कम ज्वलनशिल पदार्थको प्रयोग गर्नुपर्छ। कम ज्वलनशील पदार्थ प्रयोग गर्दा सट सर्किटको सम्भावना समेत कम हुने वा जोखिम न्यून हुन्छ।
ओभर चार्ज नगर्ने
विद्युतीय कार चार्जमा राखेर जथाभावी छोड्नु हुँदैन । रातिको समय वा चार्जमा राखेर लामोसमय बाहिर जाँदा ब्याट्री ड्यामेज हुने सम्भावना हुन्छ । त्यसैले चार्ज गर्दा चार्जिङ प्लक छुटाउने समयको समेत ख्याल गर्नुपर्छ ।
चिसो वा ओसिला अवस्थामा चार्ज नगर्ने
चिसो वा ओसिलो अवस्थामा सकेसम्म चार्ज गर्नु हुदैँन् । सार्वजनिक स्थानमा छाना बिनाको चार्जिङ स्टेसन, चिसो वा ओसिलो भएको ठाउँमा चार्ज गर्दा सट सर्किटको जोखिम पनि हुन्छ ।
FACEBOOK COMMENTS