काठमाडौं । आजसम्म कायम रहेका सेयरधनीले सिंगटी हाइड्रो इनर्जी कम्पनीले निष्कासन गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि पुस २२ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले हकप्रद निष्काुन गर्न लागेको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS