काठमाडौं । आगामी माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त भएका निर्वाचन अधिकृत फेरिएका छन् ।
निर्वाचन आयोगले पुस १२ गते सात वटै प्रदेशमा जिल्ला न्यायाधीशहरू कोशी प्रदेशका लागि दुर्गा प्रसाद ढुङ्गेल, मधेश प्रदेशका लागि नारायण प्रसाद सुवेदी, गण्डकी प्रदेशका लागि केशव प्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका लागि ओम प्रसाद अर्याल नियुक्त गरेको थियो ।
न्याय परिषद्को पुस १८ को निर्णयबाट उच्च अदालतको न्यायाधीश पदमा नियुक्त भएका छन् भने बागमती प्रदेश निर्वाचन अधिकृतमा नियुक्त महेन्द्र बहादुर कार्कीले आफूलाई स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको बताएका छन् ।
उनीहरूको स्थानमा मंसिर २८ मा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पत्र अनुसार जगेडा सूचीमा रहेका देहाय बमोजिमका जिल्ला न्यायाधीशहरूलाई राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम आजैदेखि लागू हुने गरी निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको आयोगले जनाएको छ।
को कहाँ ?
FACEBOOK COMMENTS