काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शुक्रवार एक सूचना प्रकाशित गर्दै पशुपतिनामको मन्दिरमा आरतीको भिडियो खिच्न नपाउने सूचना जारी गरिएकोप्रति कोषको संलग्नता नभएको दावी गरेको छ ।
कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रवार सूचना जारी गर्दै उक्त सूचनामा कोषको संलग्नता नरहेको दावी गरेकी हुन् । पुनद्वारा जारी सूचनामा भनिएको छ – ‘सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।’
पशुपति क्षेत्र विकास कोषको अत्यन्त जरुरी सूचना भन्दै निकालिएको सूचनामा भनिएको छ– ‘बुढासुब्बा डिजिटल प्रालिले यस श्रीपशुपतिनाथ आर्यघाट क्षेत्रको वागमति नदी किनारमा हुने गंगा आरति र कोर क्षेत्रमा हुने दिप प्रज्वलनको भिडियो खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडियो सामाग्री फेसबुक, इन्ष्टाग्राम, टिकटक तथा युटुवमा व्यवसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराईट ऐन अन्तर्गत कारवाही हुने जानकारी गराउँद छौं भन्ने सूचना विभिन्न सामाजिक सञ्जालमा प्रकाशित भएकोप्रति कोषको गम्भिर ध्यानाकर्षण भएको छ । उक्त सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकोमा कोषको असहमति रहेको छ । उक्त सूचना प्रकाशितप्रति कोषको कुनै पनि संलग्नता नरहेको व्यहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।’
FACEBOOK COMMENTS