काठमाडौं । हिमालयन रिइन्सुरेन्स लिमिटेडको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ ।
यस रिइन्सुरेन्सको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर सूचीकरण भएको हो ।
नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३ दशमलव ०७ रुपैयाँदेखि ३०९ दशमलव २१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको छ । कम्पनीको भोलि सोमबारदेखि कारोबार सुरु हुनेछ । यसलाई एचआरएल संकेत दिइएको छ ।
FACEBOOK COMMENTS