काठमाडौं । इप्पानले नेपाल र भारतबीच बिजुली निर्यातको लागि भएको दीर्घकालिन ऐतिहासिक सम्झौताको स्वागत समेत गरेको छ ।
आइतबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलनमा नेपालको विद्युतको बजार सुनिश्चितता भएको भन्दै इप्पानले विद्युत खरिद सम्झौता (पीपीए) लाई पूर्ण रुपमा खुल्ला गर्न नेपाल विद्युत प्राधिकरण तयार हुनुपर्ने बताएको छ ।
पीपीएलाई पूर्ण रुपमा खुला गरिए देशको ऊर्जा विकासमा आगामी दिनका महत्वपूर्ण अवसरहरु सिर्जना हुने जलविद्युत उद्यमीहरुले बताएका छन् ।
गत जेठमा सम्पन्न प्रधानमन्त्री पुष्प कमल दाहालको भारत भ्रमणको क्रममा विद्युत निर्यातको प्रारम्भिक समझदारी भएकोमा अहिले आएर सम्झौता भएको हो । यसले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण अवसरहरु सिर्जना भई अझ ऊर्जा विकासका लाढि ढोकाहरु खुल्दै जाने इप्पानको विश्वास छ ।
FACEBOOK COMMENTS