एक जिल्ला अध्यक्षका अनुसार गोल्छा आगामी चैत अन्तिम साता हुने साधारणसभा पछिका अध्यक्ष हुन् । अध्यक्षको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता पनि सँगसँगै आउँछ ।
विराटनगर, केहिदिन अगाडी नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको पक्षमा उभिदै वाकयुद्धमा उत्रिका छन् । भाई फुटे गोबर लुटेको उदांगो चरित्र पेश गर्दे उनले महासंघ संबद्ध व्यवसायी उपर आरोप समेत लगाएका छन् । विराटनगरमा पूर्वअध्यक्ष पशुपति मुरारका कार्यकारिणी समितिका सदस्य तथा उपाध्यक्षका आकांक्षी अञ्जन श्रेष्ठ, अर्का जिल्ला नगर उपाध्यक्ष आकांक्षी दिनेश श्रेष्ठ लगायत दुई पूर्व अध्यक्ष समेतको उपस्थितिमा गोल्छाले महासंघमा विद्रोह गर्न अध्यक्ष हुन लागेको दलिल पेश गरे ।
“सरकार पछीको दोस्रो ठुलो संजाल भएको संस्था नेपाल उद्योग वाणिज्य महासंघ भएकाले भारतिय “रअ” का दलालहरुले यसको भरपुर फाईदा उठाउन चलखेल गरिरहेको प्रतित हुन्छ“
अबको दुई महिनापछि आफु अध्यक्ष हुने र महासंघमा निकै नै अनियमिता भएकोले छ महिनामा सबै राफसाफ गर्ने बताए । उनले नाम नतोकिकन वरिष्ठ सदस्य चण्डी राज ढकालले जिल्ला अध्यक्षहरुलाई धम्की दिएको आरोप लगाए भने बर्तमान अध्यक्ष भवानि राणालाई महासंघ पारदर्शिताका साथ सञ्चालन नगरेका आरोप लगाए । साथै, आफनो पक्षमा उभिनेलाई कोई माईकलालले छुन नसक्ने जिकिरसमेत गरे ।
यस प्रकारको विवादास्पद अभिव्यक्ति दिएसँगै महासंघमा गोल्छाको सर्वत्र आलोचना हुन थालेको छ । एक जिल्ला अध्यक्षका अनुसार गोल्छा आगामी चैत अन्तिम साता हुने साधारणसभा पछिका अध्यक्ष हुन् । अध्यक्षको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता पनि सँगसँगै आउँछ । यसैले उनको यो भूमिका राम्रो भएन । उनले किन यस्तो बोले के को अधारमा बोले भन्ने प्रश्नमा एक जानिफकारले भने “सरकार पछीको दोस्रो ठुलो संजाल भएको संस्था नेपाल उद्योग वाणिज्य महासंघ भएकाले भारतिय “रअ” का दलालहरुले यसको भरपुर फाईदा उठाउन चलखेल गरिरहेको प्रतित हुन्छ“ नाम गोप्य राख्ने शर्तमा उनले प्रष्ट पार्दै भने । साथैु स्रोतले “रअ” का नेपाल प्रमुखको आड भरोषामा गोल्छाको महासंघ कब्जा गर्ने योजना रहेको भेद पनि खोलेका छन् ।
त्यति सजिलो छैन महासंघ हत्याउन
महासंघलाई त्यसरी हत्याउन त्यति सजिलो भने छैन । गोल्छाको योजनाको तगारोको रुपमा तीन हस्तीहरु रहने छन् । एसोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल , वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र जिल्लानगरका गुणनिधि तिवारी । यिनिहरुलाई पर्छान् त्यति सजिलो नरहेको विष्लेषण गरिएको छ । आगामी चैत्रमा हुने निर्वाचनमा बरिष्ठ उपाध्यक्षका दाबेदार चन्द्र ढकालले ७० प्रतिशत भन्दा पनि बढि मत प्राप्त गर्ने आँकलन गरिको छ । त्यस्तै बस्तुगत तर्फ श्रेष्ठको ६७ प्रतिशत मत देखिएको छ भने जिल्ला तर्फका उपाध्यक्ष गुणनिधि तिवारीको ५५ प्रतिमत प्राप्त गर्ने आंकलन गरिएको छ ।
FACEBOOK COMMENTS