काठमाडौं । मोरङ बयरबन–९ घर भई विगत केही वर्षदेखि रोजगारीका क्रममा इराकको अर्बिल सहरमा पुगेका चन्द्रबहादुर बस्नेतको गत ३ डिसेम्बरमा असामयिक निधन भयो । त्यसबेला बस्नेतको शव व्यवस्थापनका लागि अन्योल सिर्जना भएको भयो ।
मृतकको श्रम स्वीकृति नहुँदा शव पठाउन झन्झटिलो र बढी खर्च हुने भएका कारण अहिले पनि शव अलपत्र अवस्थामा रहेको छ । मृतक बस्नेत अवैधानिक रूपमा बसेको र साथमा राहदानी पनि नभएकाले शव व्यवस्थापनमा ढिलाइ भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० इराकका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
अहिले मृतकका दाजु सम्पर्कमा आई आमाका लागि भए पनि नेपालमा नै शव पठाउन सहयोग मागेको अध्यक्ष श्रेष्ठले बताए । ‘नेपाल सरकारबाट कुनै सहयोग हुँदैन, मृतकको राहदानी पनि छैन, कतैबाट सहयोग पाइँदैन,’ उनले भने, ‘यहाँ इराकमा मृत्यु भएका नेपालीको शव पठाउन हरेकपटक आर्थिक संकलन गर्नुपर्ने अवस्था रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS