काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ०५ विन्दुले बढेको छ ।
यससँगै सूचक २०६३ दशमलव ५५ अंकमा आएको छ । यो सेसनमा १४ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४५ कम्पनीको ४२ सय ३५ कित्ता सेयर कारोबार भएको छ । यस सेसनमा कुल १ सय १ वटा कारोबार भएको हो । यो सेसनमा ३२ कम्पनीको भाउ बढ्दा १२ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS