काठमाडौं । सरकारले लाइन काटिएका सबै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत बक्यौता विवाद समाधानको लागि उच्च स्तरीय आयोग गठन गर्ने र हालको लागि उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको हो ।
सोमबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने वातावरण बनाएर अघि बढ्नु पर्ने बताएका थिए । सोहि अनुसार आजको मन्त्रिपरिषद्को बैठकले विद्युत बक्यौता विवाद समाधानको लागि उच्च स्तरीय आयोग गठन गर्ने र हालको लागि उद्योगमा काटिएको बिजुली जोड्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निजी क्षेत्रका संगठनले विजुली बक्यौता विवादको समाधानको लागि उच्च स्तरीय आयोग गठन गर्न माग गर्दै आएका थिए ।
FACEBOOK COMMENTS