काठमाडौं । एनआईसी एशिया बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदर घटाएको हो ।
बैंकले मुद्दति निक्षेपमा व्यक्तिगत तर्फ अधिकतम ८.०६५ प्रतिशत ब्याज दिने जनाएको छ ।
पुस महिनामा अधिकतम ८.६७ प्रतिशत रहेको थियो । माघ महिनामा बैंकले ३ देखि ६ महिनाको मुद्दति निक्षेपमा ६.२५ प्रतिशत ब्याज दिने भएको छ ।
यस्तै संस्थागत तर्फ ६.०६५ प्रतिशत अधिकतम रहेको छ ।
बैंकले विभिन्न ७ प्रकारका मुद्दति खाता सञ्चालनमा ल्याएको छ । बैंकले बचतमा ३.९८ प्रतिशत ब्याज दिने जनाएको छ ।
FACEBOOK COMMENTS