काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश अप्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुंजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ० दशमलव ८४ प्रतिशत नगद लाभांश गरि कुल १६ दशमलव ८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब रहेको छ ।
प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र यस कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।
FACEBOOK COMMENTS