दाङ, फागुन ११ – अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ ।
प्रदेश नम्बर ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि सुरु भएको प्रदेश एक्स्पोमा राखेको छ ।
आधुनिक शैलीबाट खेती गर्न ड्रोन भित्र्याइएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती गिरीले जानकारी दिनुभयो । ुहामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँु, उहाँले भन्नुभयो ।
यसले किसानलाई धेरै सहजता ल्याउने मन्त्री गिरीले विश्वास व्यक्त गर्नुभएको छ । ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पुर्याउने योजना बनाएको मन्त्रालयले जनाएको छ ।
एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ ।
FACEBOOK COMMENTS