काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित माघे संक्रान्ति तथा माघी महोत्सव समारोहमा अत्यधिक भिड हुँदा च्यापिएर ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार टुँडिखेल मैदानमा थारु जाति र मगर जातिहरूको माघी मेलाको भिडभाडमा च्यापिएर ११ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार माघी महोत्सवस्थलमा प्रवेश गर्ने गेटमा अत्यधिक भिड हुँदा मानिसहरू च्यापिएका हुन् ।
उनीहरू सबैकाे घाटीभन्दा माथी चाेट लागेकाे छ भने सबैकाे अवस्था सामान्य रहेकाे छ । घाइतेको अहिले वीर अस्पतालस्थित ट्रमा सेन्टरमा उपचारमा भइरहेको छ ।
FACEBOOK COMMENTS