काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित माघे संक्रान्ति तथा माघी महोत्सव समारोहमा अत्यधिक भिड हुँदा च्यापिएका १६ जना मध्ये १० जना डिस्चार्ज भएका छन्।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि १० जना डिस्चार्ज भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
डिस्चार्ज हुनेमा १२ वर्षका त्रिसना मगर, १२ वर्षका अन्जना तामाङ, १६ वर्षका निकिता मगर, ३० वर्षका रेखा चौधरी, १६ वर्षकी अनिसा केसी, २५ वर्षकी कल्पना चौधरी, २२ वर्षकी मन्दिरा बस्नेत, ४० वर्षकी मिना थापा, कोशी प्रदेश तालिमकेन्द्र दरबन्दी भई त्रिपुरेश्वर विशेष सुरक्षा गणमा कार्यरत प्रज पृथ्वी बुढामगर, २५ बर्षकी निशा राना रहेका छन् ।
यस्तै रेजिना घले, रेग्मी मगर, निर्मला श्रेष्ठ, रश्मी नेपाल, युनिका बराल र करिश्मा मगरको उपचार भइरहेको छ ।
FACEBOOK COMMENTS