काठमाडौं । लोवर इर्खुवा हाइड्रोपावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने भएको छ ।
प्रतिकित्ता १ सय रुपैयाँका दरले २८ लाख ५ हजार ७५० कित्ता साधारण सेयर (आइपीओ) निष्कासन गर्न लागेको छ ।
कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँको आईपीओ निष्कासन गर्न ज्योति क्यापिटललाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।
क्यापिटल र हाइड्रोपावरबीच सेयर प्रत्याभूति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाइड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका छन् ।
FACEBOOK COMMENTS