काठमाडौं । सरकारले बजेटका सिद्दान्त र प्राथमिकता फागुन महिनामै ल्याउने भएको छ ।
बजेटमा सांसदहरुले उठाएका विषय समेट्न सरकारले फागुनमै बजेटका सिद्दान्त र प्राथमिकता प्रस्तुत गर्न लागेको जनाएको छ ।
यसअघि बजेटको सिद्दान्त र प्राथमिकता बजेट पेश गर्नुभन्दा १५ दिनअघि मात्रै पेश हुँदै आएको थियो । १५ दिनअघि मात्रै बजेटको सिद्दान्त र प्राथमिकता बजेट प्रस्तुत हुँदा संसदमा पर्याप्त छलफल हुन सकेको थिए ।
आज बसेको मन्त्रिपरिषदको बैठकल आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० मा अर्थमन्त्रीले फागुनमै आगामी आर्थिक वर्षको बजेटका सिद्दान्त र प्राथमिकता पेश गर्नुपर्ने उल्लेख छ ।
ऐन संशोधन गर्न लागि बनेको अध्यादेश जारी गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यो निर्णसँगै नेपालको संविधानको धारा १२४ को उपधारा ९१० ले सरकारले संसद अधिवेशन चालु नभएका बेला अध्यादेश ल्याउन सक्ने व्यवस्था गरेको छ ।
FACEBOOK COMMENTS