काठामाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चौदण्डीगढी नगरपालिका– ८ उदयपुरस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेकोे छ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएकाले उनीहरूलाई स्विटर प्रदान गरिएको बैंकले जनाएको छ।
विद्यालयमा अयोजित एक कार्यक्रमबीच नर्सरीदेखि कक्षा १० सम्मका एक सय ९१ विद्यार्थीलाई स्विटर प्रदान गरिएको हो ।
यसका साथै सिटिजन्स बैंक कालिकानगर शाखा, बुटवलले पनि स्थानीय मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । चिसोमा न्यानो कपडाको अभावमा विद्यार्थीको पठनपाठनमा समेत असर परेकाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको बैंकको भनाइ छ ।
बैंकको यस कार्यबाट न्यून आय भएका परिवारका बालबालिका लाभान्वित भएका छन् । यस कार्यले चिसो मौसममा उनीहरूको शैक्षिक कार्यलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS