काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ। सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ० दशमलव ८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ । सो प्रस्ताव सभामा पारित हुनेछ ।
यस्तै,, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।
FACEBOOK COMMENTS