काठमाडौं । पुस मसान्तसम्म वाणिज्य बैंकको नाफा ९.९४ प्रतिशतले घटेको छ । सन्चालनमा रहेका २० वाणिज्य बैंकमा १६ बैंकको नाफा घटेको छ भने ४ वटा बैंकको मात्रै बढेको छ ।
बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार २० बैंकले २८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयायाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले ३१ अर्ब ९४ करोड २३ लाख ३९ हजार रुपैयाँ नाफा कमाएका थिए ।
हिमालयन, कृषि विकास, एभरेष्ट र प्राइम बैंकको नाफा बढेको छ भने बाँकीको घटेको छ । गत आवको दोस्रो त्रैमासमा १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ ऋणात्मक रहेको कृषि विकास बैंकले अहिले १ अर्ब ३५ करोड ५२ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ ।
हिमालयन बैंकको नाफा ५७.५३ प्रतिशले बढेर १ अर्ब ५० करोड ३९ ७४ हजार रुपैयाँ पुगेको छ । एभरेष्ट बैंकको पनि नाफा ७.८८ प्रतिशतले नाफा बढेर १ अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।
प्राइम बैंकको नाफा ३२.१३ प्रतिशतले बढेर २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ पुगेको छ । नबिल बैंकले ३ अर्ब २० करोड ३० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । धेरै नाफा कमाउनेमा दोस्रो स्थानमा प्राइम बैंक रहेको छ । प्राइमले २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ रहेको छ ।
तेस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । ग्लोबलले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ रहेको छ । चौथो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ । वाणिज्यले २ अर्ब १ करोड ५३ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
१० बैंकको नाफा १ अर्ब बढी रहेको छ भने ६ बैंकको नाफा अर्बभन्दा कम रहेको छ । अर्बभन्दा कम नाफा कमाउनेमा कुमारी, नेपाल एसबिआई, माछापुच्छ्र्रे, सिटिजन्स, प्रभु र नेपाल बैंक रहेका छन् ।
FACEBOOK COMMENTS