काठमाडौं । खेटाङमा १३ र धनकुटामा १४ वर्षीया बालिका बलात्कृत भएका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार खोटाङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बराहपोखरी गाउँपालिका–२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस्तै, धनकुटामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा साँगुरीगढी गाउँपालिका–८ खुडी बस्ने ४४ वर्षीय अनके लोहोरूङ राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राईले ती बालिकालाई सोही गाउँपालिका–८ टप्पु डाँडास्थित गोठमा गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS