काठमाडौं,फागुन १४ उच्च शिक्षाकालागि अध्ययन गर्न जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनबाट शिक्षामन्त्रालयले जारी गरेको ‘नो अब्जेक्सन सर्टिफिकेट’(एनओसी) आशयपत्र गलतभएको आशंकामा ५८ जनाविद्यार्थी फर्काइएको समाचारप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को ध्यानाकर्षण भएको जनाएको छ ।
यसबाट शिक्षामन्त्रालय र अध्यागमन विभागबीच आवश्यक समन्वय नभएको स्पष्ट देखिन्छ । सरकारी निकायको समन्वयात्मक व्यवस्थापन कमजोरीका कारण यात्रा गर्न नपाईमर्कामा परेका विद्यार्थीलाई पर्न गएको आर्थिक तथा मानसिक क्षतिपूर्ती दिन ईक्यानलेमाग गरेको छ ।
ईक्यानले नेपाल सरकार शिक्षामन्त्रालय समक्षबारम्बार यससम्बन्धि आग्रहगर्दै आएपनि कतैबाट सुनुवाई नहुँदानिर्दोष विद्यार्थीले समस्या भोग्नु परेको बताएको छ । शिक्षामन्त्रालयले ध्याननदिँदा केहीदलाल तथा बिचौलियाहरुले यसको फाइदा उठाउँदै नक्कली कागजात बनाएर विद्यार्थीलाई फसाएको क्यानको भनाइ रहेको छ ।
अतः यस्ता गलतक्रियाकलाप रोक्नशिक्षा मन्त्रालयबाट जारी हुने एनओसीलाई यथाशक्य अनलाइन प्रणालीमा लैजान र सम्बन्धित परामर्शदाता वा निवेदकको विवरण समेत समावेश गर्न इक्यानको माग गरेको छ । त्यसको परीक्षणका लागि अध्यागमन विभाग समेतका सम्बन्धित नियमनकारी निकायहरुको सहज पहुँचहुन अनलाइन प्रणाली विकास होस् भन्ने इक्यानले माग गरेको छ ।
FACEBOOK COMMENTS