ललितपुर -सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा ललितपुरका स्थानीयले मेयर चिरीबाबु महर्जनको पुत्ला दहन गरेका छन् । ललितपुर महानगरपालिका–३, पुल्चोकमा रहेको मदन स्मारक माध्यमिक विद्यालयको जग्गा मिचेर सडक विस्तार गरिएको विरोधमा मंगलबार बिहान मेयरको पुत्ला दहन गरिएको हो ।
सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा अदालतको आदेशको अव ज्ञा भएको र मुद्दाको अन्तिम टुंगो नलाग्दै बाटो विस्तार गरिनु नाजायज रहेको भन्दै स्थानीयबासीले विरोध गर्दै आएका छन् । बाटो विस्तार गरिएको स्थान वडा नम्बर ३ मा पर्ने भए पनि वडा नम्बर २० को उपभोक्ता समितिले काम अघि बढाएकोमा स्थानीयबासीले अचम्म ब्यक्त गर्दै अनियमितताको हद पार गरिएको औंल्याउदै आएका छन् ।
अभियन्ता पृथ विन्दु महर्जनले भनिन, ‘सर्वोच्च अदालतले जेठ १ गते अन्तरिम आदेश जारी गरेको छ । तरमहानगरपालिकाले सर्वोच्चलाई पनि अटेर गर्दै जबर्जस्ती रुपमा पर्खाल बनाएको छ, यस कार्यले कानुनको धज्जी उडाएको छ ।’
बाटो विस्तार मापदण्डलाई वेवास्ता गर्दै विद्यालयको जग्गा मिचिएकोमा स्थानियले रोष प्रकट गर्दै आएका थिए । दायाँ(बायाँ बराबर गर्नुपर्ने भए पनि विध्यालय तर्फ मात्र एकतर्फी विस्तार गरिएपछि स्थानीयबासी आक्रोशित छन् । विद्यालयको जग्गा नमिच्न पटक पटक गरिएको आग्रहलाई बेवास्ता गर्दै महानगरले सडक विस्तार गरेपछि मेयरको पुत्ला जलाउन बाध्य बनेको महर्जनको भनाई छ ।
महर्जनका अनुसार, विद्यालयको पर्खाल भत्काएर करिब ७ आना जग्गा मिचिएको छ । जग्गा मिचिएपछि मेयरलगायतसँग कुराकानी भए पनि त्यसबाट निकास ननिस्किएपछि स्थानीयबासीहरु बिरोधको कार्यक्रम लिएर संघर्षमा उत्रिएका हुन ।
FACEBOOK COMMENTS