काठमाडौं । भाटभटेनी सुपर मार्केटलाई आयकर तथा मूल्यअभिवृद्धि कर छली प्रकरणमा सर्वोच्च अदालतले दोषी ठहर गरेको छ ।
यो मुद्दा सर्वोच्चका न्यायाधीशहरू कुमार चुँडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासमा माघ ११ देखि निरन्तर सुनुवाइ भइरहेको थियो ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासकै फैसला सदर गरेको हो।
भाटभटेनीले नक्कली भ्याटबिल प्रयोग गरेर चारवटा आर्थिक वर्षमा आयकर तथा मूल्यअभिवृद्धि कर छलेको सर्वोच्चको ठहर छ ।
भाटभटेनीले २०६४ सालदेखि लगातार ४ वर्ष नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको आन्तरिक राजस्व विभागको अनुसन्धानले देखाएको थियो । यस प्रकरणमा ठूला करदाता कार्यालयले २०६७ मा भाटभटेनीका लागि २२ करोड ६७ लाख कर निर्धारण गरेको थियो ।
त्यसपछि राजस्व न्यायाधीकरणले पनि ठूला करदाताको निर्णलाई सदर गरेको थियो। न्यायाधीकरणको उक्त फैसालाविरुद्ध भाटभटेनीसहितका कम्पनी पुनरावेदमा गएका थिए ।
सर्वोच्चले २०७६ पुस २८ गते भाटभटेनीसहित पाँच कम्पनीलाई दोषी ठहर गरेको थियो। सर्वोच्चको उक्त फैसलामा चित्त नबुझाएर भाटभटेनी पुनरवलोकनमा गएको थियो।
यस प्रकरणमा अब सर्वोच्चको फैसलाको पूर्णपाठ आएपछि यी सबै कम्पनीको जरिवाना निर्धारण हुनेछ ।
FACEBOOK COMMENTS