काठमाडौं । नेपाल इटालियन चेम्बर अफ कमर्श एन्ड इन्डस्ट्री (एनआईसीसीआई) ले हालै तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकालको सम्मानमा हार्दिक विदाई कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रुपक राजवंशी, बोर्ड सदस्यहरू, विशिष्ट अतिथिहरु लगायतका व्यक्तिको सहभागीता रहेको थियो ।
सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआईसीसीआइको विकास तथा नेपाल र इटालीबीचको सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएकोमा कृतज्ञता व्यक्त गरे ।
अध्यक्ष अग्रवालले चेम्बरकोे मूल्यमान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भुमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गरे ।
निवर्तमान अध्यक्ष ढकालले एनआईसीसीआईको सफलता र आवश्यकता अनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सचिव मनोज श्रेष्ठले नयाँ सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्दै एक जीवन्त व्यवसायी समुदायप्रति एनआईसीसीआईको प्रतिबद्धतालाई जोड दिए ।
एनआईसीसीआईले तत्कालिन निवर्तमान अध्यक्ष नवराज ढकाललाई बिदाइ गरेपछि चेम्बरले उनको मूल सिद्धान्तलाई अघि बढाउन, नयाँ अवसरहरुलाई अँगाल्ने, नेपाल र इटालीबीचको आर्थिक सम्बन्धलाई अभिवृद्धि गर्ने आफ्नो मिशनलाई निरन्तरता दिने अपेक्षा गरेको छ ।
नेपाल इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसी) नेपाल र इटालीबीचको व्यापार र वाणिज्य प्रवद्र्धनमा समर्पित संस्था हो । एनआईसीसीआई पारस्परिक रुपमा लाभदायक साझेदारीलाई प्रवद्र्धन गर्न र दुई राष्ट्रबीचको व्यापार वृद्धिलाई सहजीकरण गर्न समर्पित संस्था रहेको छ ।
FACEBOOK COMMENTS