काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
कम्पनीले फागुन ६ गते साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ २२ गते बुक क्लोज गरेको छ । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् भने साधारणसभा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगदसहिन १०.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
FACEBOOK COMMENTS