काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आम सर्वसाधारण,आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा र नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले ५१ करोड रुपैयाँबराबरको रु.१०० अंकितदरका ५१ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
यसका लागि कम्पनीले एलएस क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । यसै क्रममा कम्पनी र क्यापिलबीच सम्झौता सम्पन्न भएको छ । उक्त सम्झोतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ तथा एल एस क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
झ्यामोलोङ्गमा हाइड्रोपावरले माछापुच्छ्रे, गाउँपालीका, कास्की जिल्लामा ३२ मे.वा. क्षमताको करुवा सेती हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
जारी पूँजी २ अर्ब ५५ करोड रुपैयाँ रहेको कम्पनीले करुवा सेती हाइड्रोपावर आयोजनानिर्माणकार्य करीब ८५ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । उक्तकम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भएपश्चात यसै आर्थिक वर्ष भित्र विद्युत उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण योजना समेत कम्पनीको रहेको छ ।
FACEBOOK COMMENTS