काठमाडौं । हिमालयन एभरेष्ट ईन्स्योरेन्सको ३०औँ वार्षिक साधारण सभा (एजीएम) सम्पन्न भएको छ । आज बानेश्वर ब्याङक्वेटमा सभा सम्पन्न भएको हो ।
उक्त सभाबाट ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त सभामा संचालकहरु, प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृतहरु तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठले साधारण सभामा शेयरधनीहरुले राखेको जिज्ञासा तथा सुझावहरुको जवाफ दिएका थिए ।
FACEBOOK COMMENTS