काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
पुस मसान्तसम्म कम्पनीको नाफा ७.६० प्रतिशत घटेर ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २५ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशत घटेर १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ रहेको छ । यस्तै वित्तीय आम्दानी ८.६१ प्रतिशत घटेर ३ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ रहेको छ । अन्य आम्दानी ४४ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।
१८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ अर्ब ६७ करोड ६४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS