काठमाडौं । तीन चर्चित होटललाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।
गौशालामा रहेको होटल द्वारिकाज, लाजिम्पाटको हिमालयन र बसेरा होटललाई विभागले ३/३ लाख जरिवाना गराएको हो ।
विभागले गरेको अनुगमनका क्रममा ती होटलका भान्सा र स्टोरमा राखिएका सामान म्याद नाघिसकेको फेला परेको विभागले जनाएको छ ।
बसेरामा पाउरोटी, जुसलगायत २ हजार २ सय ८० रुपैयाँ मूल्यका यस्ता सामान भेटिएका थिए भने हिमालयन होटलमा दूध, मेथी, पाउरोटी, दही पीठोलगायत १० हजार ८ सय २० रुपैयाँका यस्ता सामान भेटिएको विभागले जनाएको छ ।
त्यस्तै होटल द्वारिकाजमा पीठो, कोकाकोलालगायतका ११ हजार बढी मूल्यका म्याद गुज्रेका सामान फेला परेको विभागको भनाइ छ ।
विभागले बसेरालाई माघ २९ गते, हिमालयनमा फागुन १ र द्वारिकाजमा २ गते अनुगमन गरेको जनाएको छ ।
FACEBOOK COMMENTS