डिएन घिसिङ
डर एक स्वभाविक प्रतिकृया हो । यो मानविय गुण पनि हो । यद्यपी खेल जीवनमा डरको असर भयावह हुन सक्ने संभावना रहन्छ । डरका कारण खेलाडीले म खेल हार्छु वा पराजित हुनुपर्छ भन्ने तर्कना बोक्न वाध्य बन्छ । तर सत्य यो हो कि, आत्मविश्वासले सबै कुरा तय गर्ने गर्दछ। त्यसैले जब खेलाडीले तयारी पुरा गर्छन्, तब शारिरिक एवम् मानसिक रुपमा हल्का महशुस गर्न थाल्छन र डर तुरुन्त हराउँदछ।
खतराको संवेदनशील अनुभवको भाव नै डर हो।डरको समानार्थी शब्द त्रास वा भय भन्ने हुन्छ।यो एक खाले चिन्ताको अनुभूति पनि हो।डर एउटा शक्तिशाली भावना हो। दिमाग र शरीरमा यसको धेरै कडा प्रभाव रहने गर्छ । खेलकुदमा यसको प्रभाव खेलाडीले तयारी पुरा गर्न नपाउदा, व्यवस्थापनमा सर्वसुलभ नहुदा, फरक वातातावरण आदी जस्ता परिस्थितीमा रहन्छ ।
“खतराको संवेदनशील अनुभवको भाव नै डर हो।डरको समानार्थी शब्द त्रास वा भय भन्ने हुन्छ।यो एक खाले चिन्ताको अनुभूति पनि हो।डर एउटा शक्तिशाली भावना हो। दिमाग र शरीरमा यसको धेरै कडा प्रभाव रहने गर्छ । खेलकुदमा यसको प्रभाव खेलाडीले तयारी पुरा गर्न नपाउदा, व्यवस्थापनमा सर्वसुलभ नहुदा, फरक वातातावरण आदी जस्ता परिस्थितीमा रहन्छ ।”
अक्सर डर र चिन्ता छोटो समयको लागि रहन्छ र त्यसपछि आफै हटेर जाने हुन्छ।तर धेरै लामो समयसम्म रहनेलाई भने चिकित्सक भाषामा एनजाईटी भनिन्छ। जुन ठ्याक्कै के कारणले गर्दा भएको भन्ने पत्ता लगाउन गार्हो हुन्छ। सामान्य रुपमा हरेक मानिसहरुलाई एनजाईटी हुन्छ तर अत्याधिक रुपमा बिनाकारण मनमा डर लाग्नु आत्तिनु एनजाईटी डिसअर्डर मानिन्छ। डर उत्त्पन्न हुनुमा मनोबैज्ञानिक कारण नै प्रमुख रहन्छ।पोषण,निद्रा, ध्यान, यात्रा गर्ने, जीवनको आनन्द लिने, प्रशिक्षण गर्ने वा प्रतियोगितामा सहभागीमा नियमित भन्दा फरक भएमा डर वा भय जस्ता भावना आउने गर्दछ।
अमेरिकाबाट प्रकाशित स्पोर्ट्स साइकोलोजी जर्नलको शोध अनुसार प्रत्येक खेलाडीले कुनै न कुनै स्तरमा डर वा चिन्ताको अनुभव गर्दछ। डरकै कारण एक खेलाडीको क्षमता सिमित हुन पुग्छ । तर पनि मानसिक डरलाई एक सकरात्मक रुपमा प्रयोगमा पनि ल्याउन सकिन्छ । उल्लेखित सोधले खुलाए अनुसार डर केवल दिमागले अनुमति दिए जस्तो गहिराइ मात्रा हो । डर जुनसुकै अवस्थाको भए पनि त्यसलाई हटाउन आत्मविश्वास प्रमुख कडि मानिन्छ । खेल गतिविधिमा डरलाई परास्त गर्ने तरिका निम्न अनुसार रहेको छ।
१. खराब सम्भावित परिणामको तस्वीरलाई सहजै स्वीकार गर्ने
सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईले गर्नु पर्ने कुरा भनेको मेलमिलाप गर्नु र सबैभन्दा खराब सम्भाव्य नतिजा स्वीकार्नु हो। यदि त्यसो गर्न्न नसक्ने भएमा अगाडिको क्रियाकलापलाई प्राथमिकतामा राख्नु उपयुर्क्त हुँदैन। एकचोटि यो काम सकिए पछि, यसले खेलाडीलाई निशंकोच वा निर्वाद रुपमा प्रदर्शन गर्न थप बल प्रदान गर्दछ। खेल दौरानमा सर्वश्रेष्ठ रूपमा कहिले पनि प्रदर्शन गर्न सकिदैन । यसर्थ प्रतिस्पर्धा गर्दा चोट लाग्ने बारे धारणा बनाउदा सँधै सकारात्मक परिणामको बारेमा सोच्दै र दृश्य बनाउनु लाभकारी रहन्छ।
२. सफल परिणामको कल्पना गर्नुहोस
अर्ध चेतना दिमागसँग कुराकानीलाई प्राथमिकता राख्नु पर्छ, किनकि यसले कुनै पनि गतिविधिलाई के कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्नेमा सघाउ पुर्याउछ । त्यसैले सफल हुने निष्कर्षको कल्पना गर्ने बानी बसाल्नु उचित हुन्छ र यसले अर्ध चेतलाई सकृय बनाउन मद्दत पनि गर्नेछ। यदि नकारात्मक नतिजा मात्र कल्पना गर्नुहुन्छ भने, त्यहा अर्धचेतना भ्रमित हुनेछ । त्यसकारण चाहानु भएको नतिजाको बारेमा ध्यानाकर्षण गर्न जरुरी रहन्छ अर्थात परिणाममुखी चाहानामा ध्यान केन्द्रित गर्नुपर्दछ।
३. विफल हुने आकलन
डरको सब भन्दा साधारण कारण असफलताको सम्भावना हो। असफलता वास्तविक छैन । यो पारिस्थितिक कृयाको उपज हो । खेलमा, केहि विफलताको अवधारणाले डर वा चिन्ता बढाउने गर्दछ। जब कुनै पनि खेलाडी आफ्नो पहिलो प्रयास प्रज्ज्वलित गर्न कोशिस गर्दै हुनेछ तब उसलाई लाग्छ कि सोचे जस्तो हुन्न ुम असफल रहन्छुु वा ूम हार्छु ू । यस्ता कुराले मनलाई अस्थिर तुल्याउछ । मानिसिक अन्तर्द्वन्दले सिथिलता निम्त्याउछ । वेचैनी पैदा गर्छ । साथै सफलता र असफलता एकै कुरालाई हेर्ने दुई फरक तरिकाहरू छन्। सफल हुनका लागी केहि चीजको सुधार र कसरी परिवर्तन गर्ने भन्ने सवाल प्रमुख हो। एक पटक विश्वास गर्नुभयो कि त्यहाँ असफलताको कुनै गुन्जायस नै छैन र यो केवल प्रतिक्रिया मात्र हो अनि आत्मबल बढेर आउछ । जस्तै हातमा कलम र कागजको साथ तल बस्नुस डरहरूको सूची लेख्नुहोस्, र त्यसपछि तिनीहरूलाई एक(एक गरेर आत्मविश्वासका साथ सामना गर्नुहोस्।
४. चुनौतीलाई अंँगालौ
शारीरिक परिवर्तनलाई अँगालेर रमाइलो गर्नुहोस् ( खुला हातले चुनौतीलाई स्वागत गर्नुहोस्।हरेक शारीरिक क्रियाकलाप आफैमा उर्जाशिल हुने गर्दछ । त्यसले शरीरमा उत्पन्न हुने डर पछाडि धकेल्न मद्दत गर्दछ।स्वयम्ले आफ्नो फरक हाउबाउ र रवाफलाई महत्त्व दिने कार्यलाई बढवा दिनुहोस्। एक विजेताका भावनाहरू बिस्तारै प्रकट गर्दै लैजाउनुहोस्। यस्ता भावनाहरूले ध्यान केन्द्रिकृत गर्न मद्धत गर्दछ।यसबाट अधिकतम क्षमतालाई हजारौं घण्टाको प्रशिक्षणको परिणाम जत्तिकै भरोसा दिन सक्षम होइन्छ।र यस्ता भावनाहरू ती खेलाडीले मात्र पैदा गर्न सक्छ, जब उसले यसको महत्व बुझेको हुन्छ।
FACEBOOK COMMENTS