काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले ‘गरिमा समृद्धि योजना’ सञ्चालन गर्ने नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
योजनाले सेबोनसमक्ष माघ २८ गते प्राथमिक निष्कासन गर्न निवेदन दिएको हो । बन्दमुखी सामूहिक लगानी कोष योजना गरिमा म्युचुअल फन्डले १० रुपैयाँ अङ्कित १० करोड इकाई जारी गर्न लागेको हो । उक्त योजना हाल सेबोनको म्युचुअल फन्डको पाइपलाइनको प्रारम्भिक समीक्षाको चरणमा रहेको छ ।
गरिमा क्यापिटलले पहिलो पटक म्युचुअल फन्ड निष्कासन गर्न लागेको हो । क्यापिटलले लगानीकर्तालाई नियमित लगानी योजना, व्यवस्थित लगानी योजना, साना साना लगानी योजना जस्ता लगानीका अवसर प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS