काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ को अनुमानित बजेटको आकार घोषणा भएको छ ।
अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिएका हुन् ।
शुक्रबार मन्त्रालयमा बजेट र बजेट संशोधनका विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेटको सिलिङ दिएको बताए ।
सरकारले सोही आधारमा आगामी आर्थिक वर्षको बजेट बनाउने उनले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब छ । योभन्दा आगामी आर्थिक वर्षको बजेट आधा खर्ब बढी हुने भएको हो ।
FACEBOOK COMMENTS